पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न | Khabarhub Khabarhub

पातारासी गाउँपालिकाद्वारा २१७ योजना सम्पन्न


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला– पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न २१७ वटा विकासे योजना सम्पन्न गरेको छ ।  

पालिकाभित्रका सात वटा वडामा जम्मा २२६ वटा योजना सम्झौता भएकामा २१७ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले जानकारी दिए  । वडा नं १ मा २४ वटा योजनामध्ये २२ वटा र वडा नंं २ मा ४२ योजनामध्ये ४० योजना निर्माण भएका छन् । 

यसैगरी वडा नं ३ मा ३९ मध्ये ३३  र  वडा नं ४ मा ३९ मध्ये ३८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ । 

यसैगरी, वडा नं ५ मा २९ योजनामध्ये सबै, वडा नं ६ मा ३४ मध्ये ३१ वटा र वडा नं ७ मा २४ योजनामध्ये सबै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पातारासी गाउँपालिकाले जनाएको छ । 

 उक्त योजनाका लागि १५ करोड ७६ लाख २२ हजार रुपैयाँ बजेट खर्च भएको छ । यसरी वडा तहमा विनियोजन भएको कूल बजेटको ८१ दशमलव १२ प्रतिशत विकास बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

सो गाउँपालिकाले गत आर्थिक वर्षमा १६ लाख ५० हजार रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा बढी रु २३ लाख २९ हजार ६४ हजार सङ्कलन गरेको छ । 

प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ‘ठेक्का लगाइएका सातमध्ये बहुवर्षीय एक योजनाबाहेक बाँकी छ वटा योजना सम्पन्न भएका छन् । चालु तर्फ २२ करोड ७९ लाख १६ हजार रुपैयाँ मध्ये ८६ प्रतिशत खर्च भएको छ । ‘

पुँजीगत तर्फ १२ करोड ३३ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएकामा ६४ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ ।  रासस

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ४८ बजे

पहिरोले बेहाल अरनिको राजमार्ग (तस्बिरहरू)

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २, इको क्षेत्रमा साउन १८ गते

एमाले समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई 

ललितपुर– नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार

एमाले विधान महाधिवेशन : दोस्रो दिनको कार्यक्रम सुरु

ललितपुर : नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिनको कार्यक्रम

सामान्य दुर्घटनालाई लिएर विधान महाधिवेशन भाँड्न खोजियो : ओली

ललितपुर– नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन दोस्रो दिनको बन्दसत्रमा आउने

आज नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल हुँदै

काठमाडौं– अन्तर्राष्ट्रिय दुई मैत्रीपूर्ण फुटबलमा आज नेपाल र बंगलादेश खेल्दै