एजी एक्सप्रेसको कार्यालयमा चोरी « Khabarhub

एजी एक्सप्रेसको कार्यालयमा चोरी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको तीनकुनेस्थित कार्यालयमा चोरी भएको छ । 
बुधबार राति १ बजे कार्यालयको ताला फोडेर चोर भित्र प्रवेश गरेको सीसी टीभी फुटेजमा देख्न सकिन्छ । 

चोरले कार्यालयबाट २५ हजार रुपैयाँ नगद र डेलको महँगो ल्यापटप चोरेर लगेको एजी एक्सप्रेसका सञ्चालक तुलसी उप्रेतीले खबरहबलाई बताए । 

उप्रेतीका अनुसार चोरले राति १ बजे प्यासेजमाथि उक्लेर ढोकाको चाबी फोडेको र खाली खुट्टा कार्यालयभित्र प्रवेश गरेको देखिन्छ । 

विगत १० वर्षदेखि हङकङ लगायत विश्वका विभिन्न ठाउँमा कार्गो ढुवानी सेवा सञ्चालन गर्दै आएको कम्पनीको कार्यालय तीनकुनेस्थित प्रहरी कार्यालयबाट करिब दुई सय मिटर टाढा रहेको छ । कार्यालय अगाडि सडक बत्तीको उज्यालो रातभर रहने गरेको छ ।

साथै, कार्यालयमा १० वटा सीसी टीभीहरु रहेको र चोरको अनुहार फुटेजमा प्रष्टसँग देखिएको उप्रेती बताउँछन् । भिडियो फुटेजका आधारमा चोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : १९ बजे

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले

सरकारले विस्थापन होइन व्यवस्थापनको नीति अँगालोस् : हर्क साम्पाङ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले विस्थापन नभएर

देउवाको स्पष्टीकरण : बूढानीलकण्ठस्थित निवास बेचेको होइन, बिक्री गर्ने योजना पनि छैन

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले काठमाडौंको बूढानीलकण्ठस्थित निजी

संसद्‍मा हर्कको माग- देशको आर्थिक अवस्था सुल्झाउन खेतीबारीका समस्या समाधान गरौँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले खेतीबालीको समस्या समाधान