एजी एक्सप्रेसको कार्यालयमा चोरी « Khabarhub

एजी एक्सप्रेसको कार्यालयमा चोरी


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्गो ढुवानी (कुरियर) व्यवसाय सञ्चालन गर्दै आएको एजी एक्सप्रेसको तीनकुनेस्थित कार्यालयमा चोरी भएको छ । 
बुधबार राति १ बजे कार्यालयको ताला फोडेर चोर भित्र प्रवेश गरेको सीसी टीभी फुटेजमा देख्न सकिन्छ । 

चोरले कार्यालयबाट २५ हजार रुपैयाँ नगद र डेलको महँगो ल्यापटप चोरेर लगेको एजी एक्सप्रेसका सञ्चालक तुलसी उप्रेतीले खबरहबलाई बताए । 

उप्रेतीका अनुसार चोरले राति १ बजे प्यासेजमाथि उक्लेर ढोकाको चाबी फोडेको र खाली खुट्टा कार्यालयभित्र प्रवेश गरेको देखिन्छ । 

विगत १० वर्षदेखि हङकङ लगायत विश्वका विभिन्न ठाउँमा कार्गो ढुवानी सेवा सञ्चालन गर्दै आएको कम्पनीको कार्यालय तीनकुनेस्थित प्रहरी कार्यालयबाट करिब दुई सय मिटर टाढा रहेको छ । कार्यालय अगाडि सडक बत्तीको उज्यालो रातभर रहने गरेको छ ।

साथै, कार्यालयमा १० वटा सीसी टीभीहरु रहेको र चोरको अनुहार फुटेजमा प्रष्टसँग देखिएको उप्रेती बताउँछन् । भिडियो फुटेजका आधारमा चोरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : १९ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,