नीताले गरिन् दुई फिल्म निर्देशनको घोषणा, डेब्यू कुन ? « Khabarhub

नीताले गरिन् दुई फिल्म निर्देशनको घोषणा, डेब्यू कुन ?


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका नीता ढुङ्गानाले ‘निर्देशनमा डेब्यू गर्छु’ भनी सार्वजनिक अभिव्यक्ति दिएको चार वर्ष बढी भयो ।

०७८ साल मंसिरमा एक सार्वजनिक कार्यक्रममा आफूले फिल्म निर्देशन गर्ने र त्यसबेला प्रेमी रहेका हरिहर अधिकारीलाई हिरो राख्ने नीताले बताएकी थिइन् । अहिले यी दुई विवाह बन्धनमा छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट पनि नीताले निर्देशनमा डेब्यू गर्ने चर्चा नचलेको होइन । तर, ठूलो बजेटको फिल्म बन्ने भएपछि आफूले आँट नगरेको नीताले बताएकी थिइन् । यस फिल्मबाट उनले निर्माण भने डेब्यू गरिन् ।

अहिले नीता नायिका भन्दा निर्देशकका रुपमा चर्चामा छिन् । उनले आफ्नै ब्यानर ‘नीता फिल्मस्’बाट फिल्म ‘पार्वती’ र ‘सुख दुःख’ निर्माणको घोषणा गरेकी छन् । यी दुवै फिल्ममको निर्देशन आफैँले गर्ने उनको घोषणा छ ।

उनले गत असारमा ‘सुख दुःख’ निर्माणको घोषणा गरेकी हुन् । अहिले यस फिल्मको काम कलाकार र प्राविधिक चयनमा नै छ । फिल्ममा मदकृष्ण श्रेष्ठ, मिथिला शर्मा, विपना थापा र भारतीय कलाकार दीपराज राणा अनुबन्ध भइसकेका छन् । शीर्ष कलाकारहरु उनले गोप्य नै राखेकी छन् ।

यो फिल्मको छायाङ्कन फागुन १ गतेबाट सुरु गर्ने योजनामा नीता रहेकी छन् । यो फिल्मले नीताको डेब्यू निर्देशनका रुपमा चर्चा पाएको छ । प्रदर्शन मिति ०८३ को दशैँलाई तोकिएको छ ।

नीताले ‘सुख दु:ख’लाई ‘नीता फिल्मस्’को दोस्रो प्रस्तुति किटान गरेकाले उनको डेब्यू निर्देशन यहीबाट हुने सन्देश गएको थियो ।

तर, नीताले जनै पूर्णिमाको अवसर पारेर फिल्म ‘पार्वती’ निर्माणको घोषणा गरेकी छन् । आफू फिचर्ड पोस्टर सार्वजनिक गर्दै उनले यस फिल्म निर्माणबारे जानकारी दिएकी हुन् ।

यो फिल्मको प्रदर्शन मिति यही वर्षको माघ १ लाई तोकिएको छ । यो फिल्मको कथा लेखक, निर्देशक र शीर्ष नायिका नीता नै रहनेछिन् ।

अर्थात्, प्रदर्शन मिति हेर्दा नीताको दोस्रो पटक घोषणा गरेको फिल्म ‘पार्वती’ उनको डेब्यू निर्देशनमा बन्ने देखिन्छ । यो फिल्मको प्रदर्शन मितिभन्दा एक महिना ढिला मात्रै ‘सुख दुःख’को छायाङ्कन हुने बताइएको छ ।

पूर्वनिर्धारित योजनामै नीताले यी दुई प्राजेक्टको थलानी गरे ‘पार्वती’बाट उनको निर्देशन यात्रा सुरु हुने देखिन्छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : ३५ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको