कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ? | Khabarhub Khabarhub

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा कडा सुरक्षा चेकजाँच गरिरहेको छ ।

सेना सुरक्षार्थ सडकमा निस्कँदा हिँडडुलमा कडाइ भएको छ । अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन सेनाले आग्रह गरेको छ । आफ्नो वास्तविक परिचयपत्र बोकेकालाई मात्र संवेदनशील क्षेत्र हुँदै आवतजावत गर्न दिएको छ ।

विध्वंशकारी गतिविधि रोक्न र शान्तिसुरक्षा कायम राख्न भन्दै सेनाले बुधबार बिहानैदेखि चेकजाँचलाई थप कसिलो बनाएको हो । जेन-जी आन्दोलनका नाममा लुटपाटमा सङ्लग्न कम्तिमा २६ जनालाई सेनाले काठमाडौँबाट पक्राउ गरी सेनालाई बुझाइसकेको छ ।

नेपाली सेनासँगै हाल सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले सुरक्षा व्यवस्था निम्ति फिल्डमा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : २० बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य