आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू « Khabarhub

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

अफवाहका पछि नलाग्न सेनाको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार) बेलुकी पाँच बजेसम्म देशभर लागु हुनेगरी निषेधाज्ञा (कर्फ्यु) घोषणा गरेको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले भर्खरै एक विज्ञप्ति जारी गर्दै ‘देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी हाल लागु गरिएको निषेधाज्ञा आज मिति २०८२ भाद्र २५ गतेको बेलुकी ५ बजेसम्म देशभर निरन्तर रहने र तत्पश्चात् भोलि भाद्र २६ गते बिहान ६ बजे सम्म कर्फ्यू आदेश जारी रहने’ जनाएको हो ।

‘आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट एवम् व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको हुँदा देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर राखी सेनाले निषेधाज्ञा र कर्फ्यु घोषणा गरेको हो ।

निषेधाज्ञा तथा कर्फ्यूको दौरान अत्यावश्यक सेवाका सवारी साधनहरु (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधनहरु) सञ्चालन हुन सक्ने विज्ञप्तिमा उल्लेख छ । आवश्यक सहजताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न पनि सेनाले आग्रह गरेको छ ।

आन्दोलन पश्चातको परिस्थितिलाई सम्बोधन गरी समस्या समाधानको निमित्त सम्बद्ध पक्षहरुबीच समन्वय भइरहेको हुँदा आन्दोलनको नाममा हुने कुनै पनि प्रदर्शन, तोडफोड, लुटपाट, आगजनी, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणहरुलाई दण्डनीय अपराधका रुपमा लिई सुरक्षाकर्मीबाट कडा हुने पनि सेनाले चेतावनी दिएको छ ।

अवकाश प्राप्त सैनिक लगायतका सुरक्षाकर्मीहरु, सबै सेवाका राष्ट्रसेवकहरु, सञ्चारकर्मी तथा आम नागरिकहरुमा अफवाहको पछाडी नलागी आधिकारिक सूचनाहरु मात्र सम्प्रेषण गर्न तथा आधिकारिकतामा मात्र विश्वास गर्न सेनाको अनुरोध छ । सुरक्षा र मानवीय उद्धारमा प्रतिबद्ध रहि परिस्थितिजन्य जिम्मेवारी वहनमा सक्रिय सुरक्षाकर्मीहरुलाई सहयोग पुऱ्याउन पनि अपिल गरेको छ ।

काठमाडौँ लगायत प्रमुख शहरमा अहिले पनि सेनाले निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको सेनाले बटुवाहरूलाई समेत यात्राको कारण र गन्तव्यबारे सोधखोज गरिरहेको छ । संवेदनशील क्षेत्र हुँदै आवतजावत गर्नुपरे आफ्नो सक्कल परिचय बोक्न आग्रह गरेको छ ।

सेनाको विज्ञप्ति :


प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : ५७ बजे

आज २०८३ साल वैशाख ४ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख ४ गते शुक्रबार ।

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै

निजी सञ्चार माध्यममा विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति

काठमाडौँ – निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्न

कैलालीमा छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

कैलाली – भान्साको माथिल्लो तलाबाट खसेर सुदूरपश्चिम प्रदेश प्रहरी गण