लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद « Khabarhub

सेनाको सुरक्षा अपडट :

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

२७ जना पक्राउ, लुटिएको ३३ लाख ७९ हजार नगद बराम


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ ।

प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ ।

जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले आगजनी गरेका सार्वजनिक तथा निजी संरचनाको आगो निभाउन तीनवटा बारुण यन्त्रको प्रयोग गरिएको सेनाले जनाएको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको पनि सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ०८ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै