लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद « Khabarhub

सेनाको सुरक्षा अपडट :

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

२७ जना पक्राउ, लुटिएको ३३ लाख ७९ हजार नगद बराम


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको ३१ नाल हतियार र त्यसमा लाग्ने गोलीगट्ठा बरामद गरेको जानकारी दिएको छ ।

प्रदर्शन क्रममा आक्रमणमा घाइते भएका २३ जना घाइते नेपाल प्रहरी तथा तीन जना गैरसैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको सेनाले जारी गरेको अपडेटमा उल्लेख छ ।

जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक समूहले आगजनी गरेका सार्वजनिक तथा निजी संरचनाको आगो निभाउन तीनवटा बारुण यन्त्रको प्रयोग गरिएको सेनाले जनाएको छ ।

काठमाडौँ लगायत देशका विभिन्न स्थानहरुमा विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी काठमाडौँको गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको पनि सेनाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : ०८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते