सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह | Khabarhub Khabarhub

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्न आग्रह गरेको छ ।

सेनाले बिहीबार सूचना जारी गरेर विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राखेर संयमित हुन आग्रह गरेको हो ।

सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै देश र जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ सेनाले भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलनका विकसितः घटनाक्रमबारे सेनाले विश्लेषण गरिरहेको सूचनामा उल्लेख गरिएको छ ।

जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक भिडले मङ्गलबार दिनभरजसो अति महत्वपूर्ण सार्वजनिक र निजी संरचनामा तोडफोड तथा आगजनी गरेको थियो ।

सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण, पुराना दलका नेतामाथि भौतिक आक्रमण गरी उनीहरूको निवासमा आगजनी, कारागार कब्जा गरी कैदीबन्दी भगाउने र बेलुकीपख व्यापक लुटपाटसमेत गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन भन्दै राती १० बजेदेखि नेपाली सेनाले देशको सम्पूर्ण सुरक्षा कमाण्ड हातमा लिएको छ । यतिखेर सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : २२ बजे

पर्यटकीय सम्भावनाको केन्द्र दाङको राजाकोट

दाङ– दाङको दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट पछिल्लो समय पर्यटकको आकर्षण

कुलमानको एक्सन : सडक र पुलका थप ५० वटा ठेक्का तोड्न सार्वजनिक सूचना

काठमाडौं – सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी

व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी

भोजपुर- भोजपुरकाे हतुवागढी–५ होम्ताङमा ७१ वर्षीय सकतबहादुर राईले एभोकाडोको व्यावसायिक

नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं – काग तिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य