सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह « Khabarhub

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्न आग्रह गरेको छ ।

सेनाले बिहीबार सूचना जारी गरेर विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राखेर संयमित हुन आग्रह गरेको हो ।

सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै देश र जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको पनि जनाएको छ ।

‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो,’ सेनाले भनेको छ, ‘तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा हार्दिक अनुरोध गर्दछ ।’

नेपालमा हाल भइरहेको ‘जेनजी’ आन्दोलनका विकसितः घटनाक्रमबारे सेनाले विश्लेषण गरिरहेको सूचनामा उल्लेख गरिएको छ ।

जेन-जी आन्दोलनको आवरणमा घुसपैठ गरेका अराजक भिडले मङ्गलबार दिनभरजसो अति महत्वपूर्ण सार्वजनिक र निजी संरचनामा तोडफोड तथा आगजनी गरेको थियो ।

सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण, पुराना दलका नेतामाथि भौतिक आक्रमण गरी उनीहरूको निवासमा आगजनी, कारागार कब्जा गरी कैदीबन्दी भगाउने र बेलुकीपख व्यापक लुटपाटसमेत गरेको थियो ।

स्थिति नियन्त्रणमा लिन भन्दै राती १० बजेदेखि नेपाली सेनाले देशको सम्पूर्ण सुरक्षा कमाण्ड हातमा लिएको छ । यतिखेर सेनाले देशभर निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ११ : २२ बजे

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८