सडकमा सेनाको गस्ती, मानिसलाई फर्काउँदै घरतिर (तस्बिरहरू) « Khabarhub

सडकमा सेनाको गस्ती, मानिसलाई फर्काउँदै घरतिर (तस्बिरहरू)


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका कयौँ ऐतिहासिक सम्पदा ध्वस्त पार्ने गरी मंगलबार भएको विध्वंशपछि ढिलो गरी सडकमा निस्किएको सेनाले सक्रियता बढाएको छ ।

मंगलबार मध्यरातबाट निस्किएको सेनाको टोली अहिले काठमाडौँ उपत्यकाभर फैलिएको छ। देशभर बुधबारसम्मलाई कर्फ्यु घोषणा गरेको सेनाले सडकमा निस्किएका सर्वसाधरणलाई धमाधम घर फर्काइरहेको छ ।

मंगलबार साँझ ५ बजेदेखि बुधबार बिहान ६ बजेसम्मलाई थप कर्फ्यु आदेश जारी भइसकेको अवस्थामा सेनाले सक्रियता तीव्र बनाएको हो ।

अतिआवश्यकीय कामबाहेक बाहिर निस्किनेलाई सेनाले घरतिर फर्काइरहेको छ। यसैबीच काठमाडौँ र पोखराबाट सेनाले दर्जनौँ नाल अत्याधुनिक हतियार पनि बरामद गरेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ५४ बजे

एसिसी प्रिमियर कप : आज आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६