अनधिकृत हातहतियार र गोलीगट्ठा तत्काल बुझाउन सेनाको आग्रह « Khabarhub

अनधिकृत हातहतियार र गोलीगट्ठा तत्काल बुझाउन सेनाको आग्रह


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका र फेला परेका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्रीहरू तत्काल बुझाउन अनुरोध गरेको छ ।

त्यस्ता सुरक्षा सामग्रीहरू नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन सेनाले आग्रह गरेको हो । उक्त हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिएको छ ।

त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्नेमा पनि सेनाले सचेत गराएको छ । लुटिएका र फेला परेका हातहतियारसम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिहरूले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्न पनि सेनाले अनुरोध गरेको छ ।

संवेदनशील परिस्थिति भएकाले सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग पनि सेनाको अनुरोध छ ।

सोमबार सुरु भएको जेन-जी प्रदर्शनमा सरकारले निर्मम दमन गर्दा ठूलो सङ्ख्यामा हताहती भएपछि मङ्गलबारको प्रदर्शन क्रममा आन्दोलनकारीहरूले प्रहरीहरूको हतियारसमेत कब्जा गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १२ : ४४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा