कांग्रेस नेता केसीले भने- जेन–जी पुस्ता यति हिंस्रक हुन सक्दैन, असन्तुष्टिकोको फाइदा अराजकहरूले लिए « Khabarhub

कांग्रेस नेता केसीले भने- जेन–जी पुस्ता यति हिंस्रक हुन सक्दैन, असन्तुष्टिकोको फाइदा अराजकहरूले लिए


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन–जी पुस्ताले सुरू गरेको आन्दोलन र परिवर्तित राजनीतिक घटनाक्रमलाई आमजनताको असन्तुष्टि, अविश्वास र निरासाको असंगठित र एक एकमुष्ट अभिव्यक्ति भनेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले समाजको गतिशील स्पन्दनलाई समयमै राज्य र नेतृत्वले बुझ्न नसकेका कारण सिर्जना भएको पछिल्लो घटनाक्रमलाई दुर्भाग्यपूर्ण स्थितिको उपज भेनका छन् ।

‘दुई दिनको यो राजनीतिक तुफान आमजनतामा रहेको असन्तुष्टि, अविश्वास र निरासाको असंगठित र एक एकमुष्ट अभिव्यक्ति हो,’ केसीले लेखेका छन्, ‘यसको सामान्य ज्ञान, सूचना र समाजको गतिशील स्पन्दन समयमै राज्य र नेतृत्वले बुझ्न नसक्नु नै आजको दुर्भाग्यपूर्ण स्थितिको उपज हो ।’

जेन–जी पुस्तालाई नेपालको भविष्य भएको भन्दै यो पुस्ता हिसांत्मक र विध्वंसकारी हुन नसक्ने उनको भनाइ छ । ‘कलिला विद्यार्थीहरूमाथिको राज्य नृशंस हत्याले समग्र असन्तुष्टिको र अराजक र असामाजिक पक्षले प्रयोग गर्‍यो,’ नेता केसीले लेखका छन् ।

केसीले सामाजिक एकता र मेलमिलापको शान्तिपूर्ण नयाँ कार्यदिशाको आवश्यकता औल्याउँदै सात बुँदे उपाय पनि सुझाएका छन् ।

यस्ता छन् नेता केसीका सुझाव

१ सर्वपक्षीय गोलमेच सम्मेलन
२ राष्ट्रिय सरकारको गठन
३ आजसम्मका सम्पूर्ण चर्चित भ्रष्टचार काण्डहरूको पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन र दण्ड (यो जेञ्जी मात्र होईन आम जनता को चासो र माग हो) ।
४ नेपालीको विदेशमा रहेका सम्पत्तिको अनुसन्धान र अवैध जम्मा भएका छानबिन र राष्ट्रियकरण ।
५ जेन–जीसँग गम्भीर र परिणाममुखी संवाद
६ संविधान संसोधन अघि गोलमेच सम्मेलनबाट निर्धारित विषयसमेत केन्द्रमा राखी जनमत संग्रह ।
७ विधिविहीनता, दण्डविहीनता, भ्रष्टाचारमुक्त समाज र सुसासन जेन–जीको माग हो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : १२ बजे

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

प्याकेट ब्रान्डेड, मदिरा नक्कली : ललितपुरबाट पक्राउ परे चार जना

काठमाडौँ । सशस्त्र प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा नक्कली ब्राण्डेड

शर्मालाई स्वागत गर्न सर्वोच्च आइनन् सपना

काठमाडौं – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चहानाअनुरुप प्रधानन्यायाधीशमा नियुक्त डा.