संविधान भित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर « Khabarhub

संविधान भित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको बताएका छन् ।

उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् ।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । ‘यस क्रममा दर्जनौंले ज्यान गुमाएका छन् भने खर्बौंको धनसम्पत्ति नष्ट भएको छ’, महरले भने ।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ ।’

थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।

‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो र यसले नै हामीलाई हरेक संकटबाट पार लगाउन सक्छ ।’

उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : २७ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार