संविधान भित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर « Khabarhub

संविधान भित्रै निकास खोजिनुपर्छ : नैनसिंह महर


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशमा व्याप्त भ्रष्टाचार र शोषणविरुद्ध सुरु भएको आन्दोलनमा घुसपैठ भई अराजकता फैलिएको बताएका छन् ।

उनले यस विषम परिस्थितिमा सबैलाई संयमित र सुरक्षित रहँदै समाजमा अमनचयन कायम गर्ने कार्यमा क्रियाशील रहन अनुरोध गरेका छन् ।

जनचेतना जगाउने उद्देश्यले सुरु भएको आन्दोलनले गलत मोड लिँदा देशले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । ‘यस क्रममा दर्जनौंले ज्यान गुमाएका छन् भने खर्बौंको धनसम्पत्ति नष्ट भएको छ’, महरले भने ।

सरकारी अकर्मण्यताका कारण डेढ दर्जनभन्दा बढी युवाहरूको ज्यान जानु बर्बरतापूर्ण कार्य भएको भन्दै उनले खेद प्रकट गरे । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता र सामाजिक व्यक्तित्वहरूमाथि भएको आक्रमण लोकतान्त्रिक आचरणविरुद्धको निन्दनीय कार्य भएको उनले बताए ।

‘लोकतन्त्रिक प्रणाली विश्वकै उच्चतम प्रणाली हो र यसै प्रणालीअन्तर्गत अहिलेको संविधान बनेको छ,’ महरले भने, ‘यस विषम परिस्थितिको निकास पनि अहिलेको संविधानभित्रै खोजिनुपर्छ ।’

थप निकासका लागि राष्ट्रपतिले सरोकारवाला विभिन्न पक्षसँग वार्ता र समन्वय गरिरहेको र शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाको अगुवाइमा सुरक्षा संयन्त्रले प्रधान भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे ।

‘यस कठिन घडीमा म समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न, एकताबद्ध भई एक अर्काको साथ दिन र सुरक्षित रहनका लागि विशेष आग्रह गर्दछु,’ उनले भने, ‘हाम्रो राष्ट्रिय एकता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो र यसले नै हामीलाई हरेक संकटबाट पार लगाउन सक्छ ।’

उनले निषेधाज्ञा तथा कर्फ्युमा एम्बुलेन्स, शव वाहन, दमकल, पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारीसाधनजस्ता अत्यावश्यक सेवालाई सहजता प्रदान गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : २७ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते