एमाले सांसद पदम गिरीले भने : जेन-जीको उद्देश्य पवित्र थियो, स्वार्थी समूहले भड्काए « Khabarhub

एमाले सांसद पदम गिरीले भने : जेन-जीको उद्देश्य पवित्र थियो, स्वार्थी समूहले भड्काए


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मंगलबारको राजनीतिक उथलपुथलपछि नेकपा (एमाले) का सांसद पदम गिरीले धारणा सार्वजनिक गरेका छन्। उनले शान्तिपूर्ण ढंगले अघि बढेको जेन-जी आन्दोलनलाई स्वार्थी समूहले भड्काएको भन्दै दुःख व्यक्त गरेका छन्।

‘देशमा सुशासन कायम होस्, विकासको मूल फुटोस् र युवाले आफ्नै देशमा सम्मानित र सुरक्षित जीवन खोज्न सकून् भन्ने पवित्र उद्देश्यसहित नयाँ पुस्ता (जेन‍-जी) सडकमा उत्रिएका थिए। तर सोमबार र मंगलबारको आन्दोलनमा स्वार्थी समूह घुसेर भड्काउने काम भयो।’

उनले एकातिर सुरक्षानिकायले संयमता देखाउन नसकेको र अर्कातिर विदेशी शक्तिहरू तथा जेलजीवन भोगिरहेका अपराधीहरूले अवसरको खोजी गरेको दाबी गरे। गिरीले आन्दोलनकै क्रममा १९ जनाको ज्यान जानु केवल परिवारकोनभई सिङ्गो राष्ट्रकै साझा पीडा भएको उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि सिंहदरबार, संसद्, अदालत, राष्ट्रपति भवनदेखि विद्यालय, अस्पताल, बैंक र निजी सम्पत्तिसमेत जलाइएको गम्भीर अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे। राज्यका जिम्मेवार निकायहरू मुकदर्शक बनिदिनु डरलाग्दो विषय भएको उनले बताएका छन् ।

सांसद गिरीले नयाँ पुस्ताले लोकतन्त्रसहितको समृद्ध नेपाल चाहेको स्पष्ट गर्दै सबैलाई सकारात्मक योगदान दिन आह्वान गरे। उनले आफ्ना निकृष्ट स्वार्थ पूर्ति गर्न गिद्धे दृष्टि नराख्न चेतावनीसमेत दिएका छन् ।

गिरीले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली दिँदै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। घाइतेहरूको निशुल्क उपचारको माग गर्दै शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन्।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक