त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द « Khabarhub

त्रिभुवन विमानस्थल अनिश्चितकाललाई बन्द


२५ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको हो ।

काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको हो ।

कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान-अवतरण मार्गमा देखिएको धुवाँको मुस्लो लगायत कारणले जोखिम बढेको जनाएको छ।

त्यसका कारण विमानको सुरक्षामा गम्भीर असर पर्नसक्ने भएकाले अनिश्चितकाललाई बन्द गर्नुपरेको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  २ : ५३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र