सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी « Khabarhub

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका थिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगायत तेस्रो देश पठाउने भन्दै रायमाझी समेतको गिरोहले प्रतिव्यक्ति लाखौँ रकम असुलेको थियो ।

तर, सरकारले दमन गरेपछि मङ्गलबार उग्र बनेको जेन-जी प्रदर्शनका क्रममा अराजक भिडले सेन्ट्रल जेलमा आक्रमण गर्दा करिब ३३ सय कैदीबन्दीसँगै रायमाझी पनि भागेका हुन्‌ ।

सेन्ट्र्रल जेलमा रहेका ३८ सय कैदीबन्दीमध्ये अब ५०० जतिमात्र बाँकी रहेको कारागार प्रशासनले बतायो । टोपबहादुरसँगै भागेका करिब ५० कैदीबन्दी भने कारागारमा फर्किइसकेका छन्‌ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : १८ बजे

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा

विश्वकप छनोटः बेल्जियमले लिक्टेनस्टाइनविरुद्ध गर्‍यो ७ गोल

काठमाडौं – विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा बेल्जियमले गोलको

क्यासिनोलाई थप कानूनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

काठमाडौं– सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रुपमा रहेको क्यासिनोलाई थप कानूनी

आज विश्व शौचालय दिवस मनाइँदै

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल