अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी « Khabarhub

अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीसँग सम्पर्क गर्दै जेन-जी


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताको जुम भर्चुअल बैठकमा अन्तरिम सरकारको नेतृत्व सम्हाल्ने विषयमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको धारणा बुझ्नेबारे छलफल भएको छ।

जेन-जी समूह अन्तरिम सरकार निर्माणार्थ प्रधानसेनापति अशोक सिग्देलसँगको वार्ताका लागि पूर्वप्रधानन्याधीश कार्कीलाई अगाडि बढाउने निचोडनजिक पुगे्का छन् । तर उनीहरूले यो निचोड निकाले पनि हालसम्म कार्कीसँग सवाद हुन सकेको छैन ।

उनले अन्तरिम सरकारको नेतृत्व लिन्छिन् या लिन्नन् भन्नेबारेमा जेन-जी समूहले धारणा बुझ्न लागेका हुन् । अहिले जेन-जी पुस्ताका केही नेता कार्कीको धारणा बुझ्न टेलिफोन संवादमा छन् ।

कार्कीलाई नेतृत्व स्वीकार्ने विषयमा जेन-जी समूह करिब करिब एकमत भएको देखिान्छ । जेन-जी समूहले प्रधान सेनापति सिग्देलसँग वार्ताका लागि कार्कीलाई अगाडि बढाउन चाहेको देखिन्छ । तर हालसम्म कार्कीसँग संवाद नभएकाले धारणा बुझ्न लागएको हो ।

बैठकमा जेनजी पुस्ताले कुनै राजनीतिक दलसँग आबद्ध भएको युवा र नेतृत्व वार्तामा जान नहुने सहमति जुटाएका छन् ।

जुम बैठकमा जेन-जीले कार्कीलाई स्वीकारेर जान सकिने त्यससपछि बालेनन्द्र साह र सागर ढकालहरू पनि विकल्प हुन सक्ने बताएका थिए । तर अहिलेलाई सबैभन्दा उपयुक्त पात्र कार्की नै रहेको निचोड निकालिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ५ : २४ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड