संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ « Khabarhub

संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् विपिन अधिकारीले राजनीतिक हिसाबले पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले सरकारको अन्तरिम नेतृत्व लिन मिल्ने बताएका छन् ।

जेन्जी पुस्ताले बुधबार सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व बनाउने विषयमा लगभग सहमति जुटाएपछि खबरहबले अधिकारीसँग सम्पर्क गरेको थियो । 

अधिकारीले संवैधानिक हिसाबले पूर्वप्रधान न्यायाधीशले सरकारको नेतृत्व गर्न नमिल्ने भए पनि राजनीतिक हिसाबले अन्तरिमकालीन सरकारका लागि नेतृत्व गर्न मिल्ने बताएका हुन् । 

‘राजनीतिक हिसाबले उहाँले नेतृत्व गर्न मिल्छ । अन्तरिम सरकारको नेतृत्व केही समय गरेपछि उहाँले निर्वाचन गराउनुपर्छ । अधिकारीले खबरहबसँग भने, ‘खिलाराज रेग्मीलाई पनि राजनीतिक हिसाबले नै नेतृत्व दिएको हो । यसरी नै कार्कीलाई पनि दिन मिल्छ । तर चाँडोभन्दा चाँडो उहाँले निर्वाचन गराउनुपर्ने हुन्छ।’

अधिकारीले दुई तिहाइ सरकारको हैसियत समाप्त भइसके पछाडि राजनीतिक हिसाबले कार्कीलाई नेतृत्वमा अगाडि बढाउँदा कुनै समस्या नहुने बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ६ : २० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको