सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’ « Khabarhub

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन्‌ ।

जेन-जी आन्दोलनकारीसँगै प्रसाईँ पनि सैनिक मुख्यालय जङ्गीअड्डामा छलफल गर्न भन्दै पुगेका थिए । सेनापति सिग्देलले उनीसँग कुराकानी गरेका थिए ।

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै प्रसाईँले फेसबुकमा लेखेका छन्‌, ‘आज दिनभर प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो, यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ – मलाई नेतृत्वको मोह छैन ।’

देशलाई जसरी निकास मिल्छ, त्यही नै आफ्नो प्राथमिकता भएको प्रसाईँले लेखेका छन्‌ । जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा शुशीला कार्की लगायत जोसुकै तयार भएपनि आफूले उनीहरूको नेतृत्व स्वीकार्ने तर्क पनि उनको छ ।

‘तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन, म जुनसुकै परिस्थितिको लागि पनि तयार छु, आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ’, प्रसाईँले लेखेका छन्‌, ‘अब चाहिएको कुरा हो — गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ ।’

प्रसाईँको फेसबुक पोष्ट :

पछिल्लो भेटलाई लिएर प्रसाईँ र प्रधान सेनापति सिग्देलको आलोचना भइरहेको छ । प्रसाईँले केहीअघि तीनकुनेमा भएको अराजक प्रदर्शनको नेतृत्व गरेका थिए । उनले बैङ्क तथा वित्तीय संस्थाबाट अर्बौँ रुपैयाँ कर्जा लिइ त्यस्तो कर्जा नतिर्न सर्वसाधारणलाई उक्साएका थिए ।

उता, जेन-जी समूहबीच भावी सरकारको नेतृत्व कसलाई दिने भन्नेबारे यतिखेर जङ्गीअड्डाको प्रवेशद्वारमा वादविवाद भइरहेको छ । जेन-जीहरूको भर्चुअल बैठकले अपराह्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा अघि सार्ने सहमति जुटाएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : २६ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय