म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा « Khabarhub

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा


२५ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भागेका २३ जना र कास्की कारागारबाट भागेर आएका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ ।

म्याग्दी कारागारबाट ७२ जना कैदीबन्दीहरू बुधबार बिहान भागेका थिए । कैदीबन्दी भागेपछि बिहान साढे १० बजेदेखि बेनी बजार र आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको छ । भागेका कैदीबन्दीको खोजीमा सुरक्षाकर्मी परिचालन भएका छन् ।

अठासी जना कैदीबन्दी रहेको कारागारमा बिरामी र हिड्न नसक्ने १२ जना भाग्न सकेनन् । चार जनालाई प्रहरीले भाग्ने क्रममा नियन्त्रणमा लिएको थियो । बिहान सात बजेतिर हुलदङ्गा गर्दै मोटरसाइकल र स्कुटर चढेर कारागारमा पुगेका समूहले कैदीबन्दीहरूलाई सवारी साधनमा राखेर भगाएका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ९ : १८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको