वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन « Khabarhub

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ फुलेलीस्थित वैजनाथ सामुदायिक वन उपभोक्ता समूहको वनका वन्यजन्तु र वन पैदावार चोरी–निकासीका घटना बढेका पाइएको छ । 

सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराका अनुसार राजनीतिक अस्थिरताको फाइदा उठाउँदै केही व्यक्तिहरू र समूहहरूले घरेलु हातहतियार, भरुवा बन्दुक र कुकुरको प्रयोग गरी वन्यजन्तु शिकारी तथा वन्यजन्तुका बच्चा समाउँदै आएका छन् । 

साथै उनीहरूले वन सिमानाका तारबार भत्काउने, अनुमति पुर्जी नलिई घाँस, दाउरा, डालेघाँसलगायत वन पैदावार संकलन गर्ने र सामुदायिक वन क्षेत्रभित्रलाई अनधिकृत चरिचरनका रूपमा बारम्बार प्रयोग गरिरहेका छन् ।
 
‘वन क्षेत्रभित्र रहेका नदीनालामा घातक विषादी र विद्युत् उपकरण प्रयोग गरी माछा मार्ने र नदीमा करेन्ट प्रवाह गर्ने कार्यले वन्यजन्तु तथा जलचर प्रजातिको जीवनमा गम्भीर असर पारेको छ’, उनले भने, ‘सामुदायिक वनभित्र चोरी शिकारी नियन्त्रण गर्न जडान गरिएका सिसिटिभी क्यामेरा, सौर्य बत्ती र निगरानीका अन्य उपकरण तोडफोड गरिएको छ ।’

सामुदायिक वन क्षेत्रभित्र राति र दिउँसो सवारीसाधन प्रवेश गरी वन्यजन्तु शिकारी, अवैध बालुवा उत्खनन र रातो माटो उत्खनन भइरहेको उनले उल्लेख गरे।  

अध्यक्ष महराले भने, ‘“सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित निकाय र स्थानीयलाई गैरकानुनी कार्य नगर्न  आग्रह गरेका छौँ, त्यस्ता कार्य जारी रहे वन ऐन, २०७६ र समूहको विधानअनुसार  कारबाही गर्न बाध्य हुनेछौँ ।’

सामुदायिक वनका पदाधिकारीहरूले डिभिजन वन कार्यालय, स्थानीय प्रशासन र प्रहरीलाई वन पैदावार र वन्यजन्तुको चोरी शिकारी  नियन्त्रणमा लाग्न आग्रह गरेका छन् । 

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : २१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै