रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने « Khabarhub

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै उत्तर कोरियाले राजधानी प्योङयाङमा नयाँ आवासीय जिल्ला निर्माण सम्पन्न गरेको जनाएको छ । युद्धमा खटिएका सैनिकप्रति सम्मान प्रकट गर्ने र आन्तरिक एकतालाई सुदृढ बनाउने सन्देशसहित यो कदम सार्वजनिक गरिएको हो ।

राज्य सञ्चारमाध्यमले सोमबार प्रसारित गरेका तस्बिरहरूमा नेता किम जोङ उनलाई नयाँ सडक ‘सेपिओल स्ट्रिट’मा हिँडिरहेको र परिवारका लागि बनाइएका घरहरूको अवलोकन गरिरहेको देखिन्छ । उनीसँगै उनकी छोरी किम जु एई पनि उपस्थित रहेको बताइएको छ ।

किम जु एईलाई राज्य प्रचारमा बढ्दो रूपमा देखाउन थालिएको छ । उक्त अवसरमा उनले ‘युवा शहीदहरू’ ले मातृभूमिका लागि सबै बलिदान दिएको भन्दै उनीहरूका परिवारप्रति राज्यको दायित्व निर्वाह गरिने प्रतिवद्धता व्यक्त गरेको बताइएको छ ।हालका महिनाहरूमा प्योङयाङले युक्रेन युद्धमा सहभागी सैनिकहरूको भूमिकालाई सम्मानपूर्वक प्रस्तुत गर्ने प्रचार अभियान तीव्र बनाएको छ ।

स्मारक पर्खाल स्थापना, सङ्ग्रहालय निर्माण तथा विभिन्न सार्वजनिक कार्यक्रममार्फत युद्धमा खटिएकाहरूलाई राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गरिएको छ । विश्लेषकहरूका अनुसार यस्तो कदमले बाह्य मोर्चामा संलग्नताबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई नियन्त्रण गर्दै आन्तरिक समर्थन मजबुत पार्ने उद्देश्य राखेको देखिन्छ ।

उत्तर कोरियाले हालैका महिनाहरूमा हजारौँ सैनिकसँगै तोपखाना र मिसाइलसहित ठूलो परिमाणमा सैन्य सामग्री रुस पठाएको जनाइएको छ । यसले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेनविरुद्धको युद्ध प्रयासलाई सघाएको विश्लेषण गरिएको छ । यही बीच, प्योङयाङले वासिङ्टनसँगको अलग्गै तनावपूर्ण सम्बन्धको सामना गरिरहेको छ ।

दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले गत साता सांसदहरूलाई दिएको जानकारीअनुसार युद्धमा तैनाथ करिब छ हजार उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका अनुमान गरिएको छ । यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । यसअघि गत वर्ष करिब ६०० जनाको मृत्यु भएको अनुमान प्रस्तुत गरिएको थियो ।

गुप्तचर अधिकारीहरूको आकलनमा उत्तर कोरियाली सेनाले आधुनिक युद्धको अनुभवसँगै रूसी प्राविधिक सहयोग पनि प्राप्त गरिरहेको छ, जसले उनीहरूको हतियार प्रणालीको कार्यक्षमता सुधार्न सहयोग पुर्‍याउन सक्छ । नयाँ आवासीय सडकको उद्घाटन यसै महिनाको अन्त्यमा हुन लागेको सत्तारूढ पार्टीको प्रमुख सम्मेलनअघि गरिएको हो ।

सो सम्मेलनमा किमले आगामी पाँच वर्षका लागि आन्तरिक तथा वैदेशिक नीतिका प्राथमिकता सार्वजनिक गर्ने र शासन नियन्त्रण अझ कडा बनाउने थप कदम घोषणा गर्ने अपेक्षा गरिएको छ । युद्धको मोर्चाबाट फर्केका वा त्यहाँ ज्यान गुमाएकाहरूका परिवारलाई राज्यको संरक्षणमा ल्याउने यो पहललाई त्यसै रणनीतिक सन्दर्भमा हेरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २५ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त