डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा « Khabarhub

डाँडापारी ‘कफी-जडीबुटी ड्रिम प्रोजेक्ट’ योजनासहित भोट माग्दै अमित लामा


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै विकास योजना प्रस्तुत गरेका छन्।

लामाले खानीखोला र महाभारतलाई कफी उत्पादनको पकेट क्षेत्र बनाउने वचन दिएका छन् । उनले स्थानीय उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि गरेका छन् ।

डाँडापारीलाई नेपालकै नमुना जडीबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने आफ्नो ‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक गर्दै परियोजना सफल पार्न जनताको साथ चाहिने उनले बताए ।

यो परियोजना सुरू भएपछि गाउँमै रोजगारी सिर्जना हुने र युवा विदेश जान नपर्ने उनले बताएका छन्। शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारलाई पनि प्राथमिकतामा राख्ने लामाले बताए ।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार इन्द्र तामाङ, पूर्वमन्त्री चन्द्र लामा, बागमती प्रवेश कमिटी सदस्य दिलीप लामा, राकेश लामा, चन्द्र लामा र जिल्ला कमिटी उपाध्यक्ष देवसागर लामा लगायत थिए ।

यसैबीच, महाभारत गाउँपालिका–८ घर्तीछापमा आयोजित कार्यक्रममा घनश्याम आले लगायत एमाले प्रवेश गरेका छन्।

आले एमाले विभाजनअघि क्षेत्रीय कमिटी उप–सचिव थिए । तर त्यसपछि उनी एकीकृत समाजवादी पार्टीमा रहे।

प्रवेश गर्ने अन्यमा कोपिला आले, जानकी आले, टंकबहादुर आले, पञ्चलाल जर्घा, गुणमाया अस्तानी, लोकमाया जर्घा, सुकमान घलान, देवराज घिसिङ, विकमान वाइवा, रमेश लामा, समर्पण वाइबा, जितबहादुर सिंतानेश, नेत्रबहादुर दर्लानी र सुरेश थिङ छन्।

महाभारत गाउँपालिका–२ बाट पनि धनकाजी मोक्तान, मान बहादुर घिसिङ, धन बहादुर घिसिङ एमाले प्रवेश गरे।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २२ बजे

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना

बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि