फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी « Khabarhub

फिलिपिन्समा ७.४ म्याग्निच्यूडको भूकम्प : सुनामीको चेतावनी


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स – फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । मिन्डानाओ क्षेत्रमा भूकम्प गए लगत्तै सुनामीको चेतावनी दिइएको छ। भूकम्पले फिलिपिन्ससँगै इन्डोनेसिया र पलाउ तटीय क्षेत्रमा सुनामीको चेतावनी दिइएको हो ।

फिलिपिन्सका अधिकारीले तटीय क्षेत्रका बासिन्दालाई उच्च स्थानमा बस्न र डुङ्गालाई सुरक्षित राख्न आग्रह गरेका छन्।

फिलिपिन्सको मिन्डानाओ क्षेत्रको तटमा शुक्रबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दुबाट तीन सय किलोमिटरभन्दा टाढा रहेका इन्डोनेसियाको उत्तरी सुलावेसी र पपुवा क्षेत्रमा पनि सुनामीको चेतावनी दिइएको बिबिसीले उल्लेख गरेको छ ।

गत हप्ता फिलिपिन्सको सेबु प्रान्तको बोओगको तटीय सहरमा ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परेर ७४ जनाको मृत्यु हुँदा पाँच सय बढी घाइते भएका थिए।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ३३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा