दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती « Khabarhub

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पुर्‍याउन थालेका छन् । आज बिहान बेदकोट नगरपालिका–१० नयाँगाउँमा करिब ३५ वटा हात्तीले छ जना किसानको करिब एक बिघा धानबाली खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार अर्जुन कठायतको पाँच कठ्ठा, चन्द्र कठायत, खगेन्द्र रावल र रामबहादुर रावलकको छ कठ्ठा, बृख रावलको तीन कठ्ठा र नवल रावलको पाँच कठ्ठा धानबाली हात्तीले खानुका साथै कुल्चिएर क्षति पु¥याएको हो ।

किसान रामबहादुरले काट्न तयार भएको धान हात्तीको बथानले नष्ट गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता लागेको बताए । यही असोज २२ गते हात्तीको एक बथानले बेलौरी नगरपालिका–९ कुण्डाका चार किसानको पाक्न लागेको करिब २३ कठ्ठा धानबालीमा क्षति पु¥याएको थियो ।

छ दिनअघि मात्रै भीमदत्त नगरपालिकाको गोवरैयामा पनि दिउँसै धान खेतमा हात्तीेको बथान पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्केका हात्तीका बथानले भीमदत्त, दोधारा–चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका मध्यवर्ती क्षेत्रका धानबालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : २६ बजे

कोरलाबाट मालवस्तु ढुवानी बढ्यो, एक सातामा २५२ कन्टेनर पुगे

मुस्ताङ– भोटेकोशी बाढीबाट (रसुवा-केरुङ) नाका बन्द भएसँगै कोरलानाकाबाट मालवस्तु ढुवानी गर्न

पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व

कपिलवस्तु– कपिलवस्तुका  महिलाले छोराको दीर्घायुको कामना गर्दै बुधबार धुमधामका तीन

आफ्नाको पर्खाइमा साता बित्यो, कुशको शव बनाएर अन्येष्टि

गोरखा– गोसाइँकुण्ड तीर्थ गएका आफन्तहरूको सास बाँकी छ कि छैन

उजाडियो स्याफ्रुबेंसी : घरसँगै बगे आफन्त  (तस्बिरहरू)

रसुवा– भोटेकोशी बाढीले प्रभावित ठाउँमध्ये एक हो-स्याफ्रुवेंशी । यहाँका अधिकांश घर