दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती « Khabarhub

दिउँसै खेतमा पसेर धानबाली नोक्सान गर्दै हात्ती


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको बथान दिउँसै किसानको खेतमा पसेर काट्न तयार धानबालीमा क्षति पुर्‍याउन थालेका छन् । आज बिहान बेदकोट नगरपालिका–१० नयाँगाउँमा करिब ३५ वटा हात्तीले छ जना किसानको करिब एक बिघा धानबाली खाएर नोक्सानी पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार अर्जुन कठायतको पाँच कठ्ठा, चन्द्र कठायत, खगेन्द्र रावल र रामबहादुर रावलकको छ कठ्ठा, बृख रावलको तीन कठ्ठा र नवल रावलको पाँच कठ्ठा धानबाली हात्तीले खानुका साथै कुल्चिएर क्षति पु¥याएको हो ।

किसान रामबहादुरले काट्न तयार भएको धान हात्तीको बथानले नष्ट गरेपछि जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता लागेको बताए । यही असोज २२ गते हात्तीको एक बथानले बेलौरी नगरपालिका–९ कुण्डाका चार किसानको पाक्न लागेको करिब २३ कठ्ठा धानबालीमा क्षति पु¥याएको थियो ।

छ दिनअघि मात्रै भीमदत्त नगरपालिकाको गोवरैयामा पनि दिउँसै धान खेतमा हात्तीेको बथान पसेर क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट निस्केका हात्तीका बथानले भीमदत्त, दोधारा–चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिकाका मध्यवर्ती क्षेत्रका धानबालीमा निरन्तर क्षति पुर्‍याउँदै आएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ९ : २६ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ