आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २४ गते सोमबारको राशिफल


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २४ गते सोमबार। मंसिर कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १० तारिख। शान्ति र विश्वासका लागि विश्व विज्ञान दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । मन अशान्त हुनसक्छ । परिवारका कारणले मनमा चिन्ता थपिने छ । थोरै बोल्नु उचित हुनेछ । साथीभाइसँग असन्तुष्टि बढ्ने भएकाले विवाद नगर्नु राम्रो हुन्छ।

वृष : दिन राम्रो छ । आज थोरै बोल्नु राम्रो हुनेछ । परिवारको सल्लाह र सुझाव लिएर अगाडि बढेमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध दरिलो बनाउने प्रयास गर्नुपर्नेछ । यात्रामा फाइदा हुनेछ । वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । लगानीका क्षेत्रबाट उत्साह मिल्नेछ ।

कर्कट : यात्रा कष्टकर हुने भएकाले यात्रा नगर्नु राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । लगानीका क्षेत्रबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

सिंह : दिन राम्रो छ । संयुक्त लगानी भए मात्र व्यापारमा फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा तपाईंको मन रमाउने योग छ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

कन्या : मन शान्त बन्नेछ । हरेक काममा परिवारले राम्रो साथ दिनेछन् । लगानीको क्षेत्रबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले राम्रो काम गर्ने अवसर आएको छ । परीक्षाको नतिजा राम्रो आउनेछ ।

तुला : दिन राम्रो छ । आफन्तसँगको सम्बन्ध सुधार गर्ने प्रयास गर्नु राम्रो हुनेछ । खाने समयमा हुने विवादले घाटा हुनेछ । दीर्घकालीन रोगबाट मुक्त हुने योग छ ।

वृश्चिक : दिन सामान्य छ । खानपानमा ख्याल नगरेमा स्वास्थ्य सम्बन्धी समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट घाटा हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्नेछ । अनावश्यक यात्रामा जाने तयारी गरेको भए सचेत बन्नु राम्रो हुनेछ । औषधी खानपानमा समस्या हुँदा रोगले सताउने जोखिम छ ।

मकर : तपाईंको काममा अवरोध हुनसक्छ । मनमा अशान्तिले बास गर्ने जोखिम देखिन्छ । बिहान उठेर शिवको भजन गर्न सकेमा दिन सहज बन्नेछ । परिवाको साथ र सहयोगले महत्त्वपूर्ण काम सहजै बन्नेछ ।

कुम्भ : तपाईंको राशिमा चन्द्रमा आइपुगेका छन् । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा हरेक पाइलामा सफलता मिल्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मीन : दिन सामान्य छ । व्यवसायमा सोचेको जस्तो प्रगति नहुने जोखिम छ । राज्यको तर्फबाट भय बढ्नेछ । शुभग्रहको बहुमत भएकाले परिवारसँगको सम्बन्ध भने सहज बन्नेछ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ०९ बजे

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्रीका तीनै दाबेदारले हाल्न पाउँदैन् आफ्नो क्षेत्रमा भोट

निर्वाचनमा एक मतान्तरले समेत जित–हार तय हुन्छ । जसकारण निर्वाचन

प्रचण्ड भन्छन् : मैले सबैथोक गुमाइसकेँ, अब सत्ताको लोभ छैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छ : राजदूत पार्क ताइयोङ

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक

दमकका सबै वडामा एमाले निर्वाचन परिचालन कार्यलय, कार्यकर्ता मतदाताको घरघर जाने

दमक – नेकपा एमालेले झापा क्षेत्र नम्बर प्रतिनिधिसभा निर्वाचन परिचालन