मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री « Khabarhub

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।

अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ खुवाएकी हुन् ।

विश्वासको मत नपाउने भएपछि शनिबार मात्रै मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

एमाले केन्द्रीय सदस्य समेत रहेका यादव २०७९ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । उनले पनि विश्वासको मत लिन नसकेमा पुनः संविधानको धारा १६८ (२) मा फर्कनु पर्ने हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ०० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र