सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ?  « Khabarhub

सरोज यादव कसरी बने मधेशको मुख्यमन्त्री ? 


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी सोमबार बिहान ४ बजे बिरामी भएको कारण जनाउँदै जनकपुरबाट काठमाडौंका लागि प्रस्थान गरिन् । तर उनको गन्तव्य थियो, महोत्तरीको बर्दिबासस्थित एक होटल ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख बनाइएकी उनले नेपाली कांग्रेससहित बहुमत जुटाएर बसेका दललाई चक्मा दिँदै होटलबाटै एमाले संसदीय दलका नेता सराेज यादवलाई मुख्यमन्त्री नियुक्त गरिन् ।

काठमाडौं हिँडेकी उनलाई आइतबार मात्रै राजीनामा दिएका तत्कालीन कामचलाउ मुख्यमन्त्री जितेन्द्र सोनलले बिदाइ गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । उता कांग्रेसले एमालेको गठबन्धन छाडेर माओवादी र मधेसवादीको साथमा सरकार बनाउन तयार थियो । तर भण्डारीले संवैधानिक अधिकार भन्दै बर्दिबासको होटलमै यादवलाई मुख्यमन्त्री बनाइन् ।

सोमबार बिहानै अप्रत्याशित रूपमा प्रदेश प्रमुख भण्डारी बर्दिबासको पानस कटेज पुगेकी थिइन् । जहाँ उनले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता यादवलाई मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरिन् ।

प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ– ‘नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु । मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

एमाले केन्द्रीय सदस्य समेत रहेका यादव २०७९ सालको निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित भएका थिए ।

प्रदेश प्रमुखको कदमले मधेश प्रदेशको राजनीतिक वातावरण फेरि तातिएको छ । एमालेले यसलाई संविधानसम्मत निर्णय भन्दै स्वागत गरेको छ भने अन्य दलहरूले प्रक्रियामाथि प्रश्न उठाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ८ : ३७ बजे

बाढी प्रभावितका लागि एक्स्ट्रिमको १ करोड सहयोग

काठमाडौं– बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका

नीता-अशोकको फिल्मलाई दर्शकको ठीक-ठाक साथ, पहिलो दिनको व्यापार पीडितलाई

काठमाडौं – नायिका नीता ढुंगाना निर्माता तथा शीर्ष कलाकार रहेको

भोटेकोशी बाढीमा घाइते २९ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै (सूचीसहित)

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण घाइते तथा बिरामी भएका

भोटेकोशी बाढीले बगाएका शवको खोजीमा जुट्यो सेना, २८ सय जनशक्ति परिचालन

काठमाडौं– रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको

रसुवा बाढी : ४४९ जनाको उद्धार, १७ विदेशी नागरिक पनि सुरक्षित स्थानमा

काठमाडौं– रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले सञ्चालन गरेको खोज