मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ « Khabarhub

मधेशको मुख्यमन्त्री नियुक्तिबारे विश्वप्रकाश भन्छन्– यो ‘अ–राजनीति’ले संघीयतालाई बदनाम गराउँछ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले सोमबार बिहान ४ महोत्तरीको बर्दिबासस्थित एक होटलबाट नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्य मन्त्री बनाएपछि प्रदेशदेखि केन्द्रसम्मको राजनीति तरंगित बनेको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेकी भण्डारीले नेपाली कांग्रेससहितको गठबन्धनलाई चक्मा दिँदै त्यही होटलबाट संविधानको धारा १६८ को उपधारा (३) अनुसार मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

यसलाई लिएर आइतबार मात्रै मुख्यमन्त्री पद त्यागेका जितेन्द्र सोनलले कडा प्रतिक्रिया दिइसकेका छन् । उता एमालेको गठबन्धन छोडेर माओवादी केन्द्र र मधेशवादी दलहरूसँग नयाँ सरकार बनाउन तयारी गरिरहेको नेपाली कांग्रेसले पनि आक्रोश पोखेको छ ।

मधेशमा रातारात भएको राजनीतिक खेलप्रति नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समार्फत् कडा प्रतिक्रिया जनाएका छन् ।

उनले मधेश प्रदेशमम भएको ‘अराजनीति’लाई दुःखद भनेका छन् । ‘मधेश प्रदेशमा भएको ‘अ–राजनीति’ दुःखद छ । नागरिक पंक्तिमा संघीयताप्रति थप वितृष्णा बढाउने यो घटना निन्दनीय छ’, उनले भनेका छन्, ‘संविधानको धारा १६८ (२) अन्तर्गत सरकार बन्ने सम्भावना हुँदाहुँदै पनि मञ्चन गरिएको ‘प्रहसन’लाई न्यायालयले सच्याउने अपेक्षा छ ।’

प्रदेश प्रमुख भण्डारीको निर्णयलाई एमालेले संविधानसम्मत भनिरहँदाछ कांग्रेस र माओवादीले राजनीतिक ‘नाटक’को संज्ञा दिएका छन् । अब यस घटनाको संवैधानिक वैधतालाई लिएर अदालतमा चुनौती पुग्ने सम्भावना बढेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ३१ बजे

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवनेश्वर महादेव मन्दिर

बागमती– काठमाडौँस्थित पशुपतिनाथ कै झल्को दिने मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका–४

निश्कलको प्रश्न- करका दरमा हेरफेर गर्ने गल्ती किन, कसको स्वार्थमा भएको हो ?

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले करका दरमा बारम्बार हेरफेर

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक