संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद « Khabarhub

संसद् पुनःस्थापनाबारे कांग्रेसभित्र मतभेद

गगन भन्छन्– फागुन २१ को निर्वाचनबाट नयाँ संसद आउँछ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा मतभेद चर्किएको छ । भदौ २७ गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेपछि विघटित संसद् फर्काउन पार्टीले आइतबारदेखि सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको हो ।

प्रमुख सचेतक श्याम घिमिरेले यो अभियान सिंगापुरमा रहेका सभापति शेरबहादुर देउवाको निर्देशनमा सुरु गरेका हुन्।

यससँगै नेपाली कांग्रेस र नेकपा एमाले दुवै ठूला दल संसद् पुनःस्थापनाको पक्षमा देखिएका छन्। तर पार्टीका महामन्त्री गगन थापाले भने यस कदमप्रति असहमति जनाउँदै फागुन २१ गतेको निर्वाचनमा नै जानुपर्ने अडान राखेका छन् ।

थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउनेछ । संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।’

उनले प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकमा पनि नेपाली कांग्रेसको तर्फबाट यही धारणा स्पष्ट रूपमा प्रस्तुत गरिएको बताएका छन् । थापाले थपे, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय हो। अहिले भइरहेको अलमल अधिवेशनको विषयसँग सम्बन्धित हो, फागुन २१ को निर्वाचनसँग होइन।’

महामन्त्री थापाले पार्टीको अधिवेशन निर्वाचनअघि सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । ‘महाधिवेशनबाट आउने नेतृत्व र नीति नै कांग्रेसलाई निर्वाचन लड्न योग्य बनाउँछ।’

थापाको यो भनाइसँगै कांग्रेसभित्र संसद् पुनःस्थापनाको प्रयास र आगामी निर्वाचन तयारीबीचको द्वन्द्व सतहमा आएको छ । संस्थापन पक्ष देउवा नेतृत्वको निर्देशनअनुसार संसद् फर्काउने प्रयासमा जुटेको छ भने इत्तर पक्ष निर्धारित मितिमा निर्वाचन हुनुपर्नेमा उभिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ९ : ४१ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित