मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन « Khabarhub

मधेश सरकारबाट फिर्ता हुन राप्रपाका मन्त्रीलाई अध्यक्ष लिङ्देनको निर्देशन


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक होटेलमा बसेर नेकपा एमालेका नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि चौतर्फी विरोध भइरहेको छ । 

यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि यसको विरोध गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस कार्यबाट अनुशासनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

उनले राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन दिँदै अन्यथा विधान बमोजिम कारबाही हुने बताएका छन् । राप्रपाकी कञ्चन विच्छा सरोजकुमार यादव नेतृत्वको सरकारमा मन्त्री बनेपछि लिङ्देनले उक्त चेतावनी दिएका हुन् ।

उनले लेखेका छन्– ‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लङ्घन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा विधान बमोजिम कारवाही हुने जानकारी गराउँछु।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १० : ०५ बजे

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार

टि २० विश्वकप : फाइनलमा पुग्यो न्युजिल्याण्ड, दक्षिण अफ्रिका ९ विकेटले पराजित

कोलकाता – न्युजिल्याण्ड टि २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ

निर्वाचन पर्यवेक्षण गर्न नौ देशका प्रमुख आयुक्त काठमाडौंमा

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका

मोरङमा निर्वाचन कर्मचारीबीच नै झगडा

काठमाडौँ – भोलि बिहानदेखि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारीका