चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा « Khabarhub

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडोयाम सुरु भई सकेको छ । अहिले हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढ्दै गएको छ । पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्दै बस्नु छुट्टै आनन्द दिने गर्दछ। 

बदाम एक पौष्टिक तत्त्वले भरिपूर्ण खाद्य वस्तु हो,  यसमा भरपुर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ । बदाम खानाले मुटुको रक्त केशिकाहरू स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि यो अझ प्रभावकारी हुन्छ   ।

 बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ । बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ । तर, यसको मात्रा भने सन्तुलित हुनुपर्दछ ।

 हाल बजारमा बदामको मूल्य मात्रा र गुणस्तरअनुसार मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गर्दछ ।

नियमित बदाम खादा हुने फाइदा

मोटोपना घटाउन

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। यसले गर्दा मोटोपन भएकाहरूको सजिलै तौल घट्न सक्छ।

रोग प्रतिरोधात्मक शक्ति बढाउँछ

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ । बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। क्यान्सरबाट बचाउँछ : बदाममा फाइटोस्टेरोलु नाम गरेको तत्त्व हुन्छ । यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ । एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ।

फोलिक एसिड

बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन क्षमता बढाउँछ।यसका साथै गर्भमा रहेको शिशुको वृद्धि विकासमा पनि ठूलो भूमिका खेल्छ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ।

छाला चम्किलो बनाउन

बदामले औषधिको काम पनि गर्छ। यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

भिटामिन सी पाउन

बदाममा भिटामिन सी पाइन्छ। यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

कपालको लागि

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्त्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ११ : १३ बजे

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

सेउटा, स्पेन– गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई

शेरधनले इन्द्रलाई भने, ‘हिक्मतलाई निरन्तरता दिएर काम छैन, अब अर्को ल्याउने हो’

काठमाडौं- नेकपा एमालेका सचिव शेरधन राई र कोशी प्रदेशका नेकपा