‘राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण’ « Khabarhub

‘राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण’


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको १११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।  

गणेशमान जन्मजयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाशमान सिंह लगायतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको योगदानको स्मरण गरे । उनले राणा शासनको समाप्त मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।

यस्तै नेता सिंहले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताए । उनले महाधिवेशन लगायतका विषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दाबी गरे । 

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । 

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ५२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा