'राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण' | Khabarhub Khabarhub

‘राणाशासन मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्यका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण’


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको १११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।  

गणेशमान जन्मजयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाशमान सिंह लगायतले  शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेलेको योगदानको स्मरण गरे । उनले राणा शासनको समाप्त मात्रै नभई पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखे ।

यस्तै नेता सिंहले वर्तमान सरकार गठन र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताए । उनले महाधिवेशन लगायतका विषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दाबी गरे । 

नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । 

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  १२ : ५२ बजे

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)

काठमाडौं– माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय