सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट « Khabarhub

सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् । सहरी योजना आयोगका उपाध्यक्ष डा सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना आवेदकले आवेदन दिएका थिए । उनीहरूमध्ये योग्यता पुगेका ५२ जना पुरुष र १३ जना महिला गरेर ६५ जना छानिएका छन् ।

यसमा स्वास्थ्य (पब्लिक हेल्थ, मेडिकल हेल्थ, मनोविद् तथा मनोचिकित्सक, भेटनरी हेल्थ), शिक्षा, कृषि, पर्यटन, सूचना प्रविधि, सुरक्षा, वाणिज्य, भौगोलिक सूचना, इलेक्ट्रिकलगायत क्षेत्रका व्यक्तित्व छन् । कामपाको सिल्भर भोलेन्टिएर परिचालन कार्यविधि, २०७७ ले यस कार्यक्रममा काम गर्न केही योग्यता तोकेको थियो । जसअनुसार नेपाली नागरिक, प्रचलित कानुन बमोजम स्वीकृति लिएका गैरआवासीय नेपाली, प्रचलित कानुन बमोजिम स्वीकृति लिएका विदेशी नागरिकले यो कार्यक्रममार्फत स्वयंसेवा गर्न पाउँछन् ।

यसमा ४५ वर्ष पूरा भई ७५ वर्ष ननाघेको हुनुपर्छ । सरकारी, निजी वा गैरसरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको हुनुपर्छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम ५ घण्टा सेवा दिन तयार हुनुपर्छ । शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम हुनुपर्छ । स्वयंसेवा गर्न पूर्णरूपले तत्पर र इच्छुक हुनुपर्छ । फौजदारी अभियोगमा कसुरदार नठहरिएको र प्रचलित कानुन बमोजिम अयोग्य नठहरिएको व्यक्ति यस कार्यक्रमका लागि योग्यता हुन् ।

कार्यक्रमका क्षेत्र र सञ्चालन संयन्त्र भोलेन्टिएर परिचालनसँग सम्बन्धित कार्यक्रमको योजना, पहिचान, व्यवस्थापन, अनुगमन तथा नियन्त्रण गर्ने कार्यका लागि सहरी योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा समिति गठन हुने व्यवस्था छ । यसमा प्रमुखले तोकेको नगर कार्यपालिका सदस्य एक जना, सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट एक जना महिलासहित दुई जना, आयोगका सदस्यहरूमध्येबाट उपाध्यक्षले तोकेको एक जना सदस्य रहने व्यवस्था छ ।

समितिमा सामाजिक विकास विभागका सदस्य पदेन सदस्य र आयोगको अधिकृत सदस्य–सचिव रहने व्यवस्था छ । कामपाअन्तर्गत रहेका सामुदायिक शैक्षिक तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल तथा यातायात व्यवस्थापन, वातावरण व्यवस्थापन, सार्वजनिक सेवा सहजीकरण सिल्भर भोलिन्टियरका क्षेत्र हुन् । यससँगै सामाजिक सेवा प्रदान गर्ने सङ्घसंस्था, साना तथा घरेलु उद्योगहरूको सेवाको गुणस्तर बढाउने यस कार्यक्रमले लिएका लक्ष्य रहको छ । लामो समय काम गरी सेवा निवृत्त भएका व्यक्ति रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  २ : २१ बजे

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ