एजेन्सी– कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भए पछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा विवाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।
दुई देश बिच सिमा विवादका कारण द्वन्द्वमा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका तीन लाख भन्दा बढी नागरिकहरू विस्थापित भएको जनाइएको छ । द्विपक्षीय द्वन्द्व र शत्रुता अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गत जुलाईमा सीमा सम्झौता भएको थियो ।
थाई सेनाले विज्ञप्ति मार्फत सिसाकेट प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको लाग्नुका साथै एक जनाको छातीमा दुखाइ भएको बताएको छ ।
थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुल्कियातले बैङ्कले अक्टोबरमा क्वालालम्पुरमा कम्बोडियासँग भएको सम्झौता स्थिगित गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।
सम्झौताको कार्यान्वयनको एक भागमा अर्को चरणहरूमा थाइल्यान्डमा हिरासतमा रहेका १८ जना कम्बोडियन सैनिकहरूको रिहाइसमेत समावेश थियो ।
थाई प्रधानमन्त्री अनुतिन चार्नविराकुलले पत्रकार सम्मेलनमा भन्नु भयो “हामीले सोचेका थियौँ कि सुरक्षा खतरा कम भएको छ, तर वास्तवमा यो घटेको छैन ।
कम्बोडियाका अधिकारीहरूले यस घटनामा तुरुन्तै टिप्पणी नगरेता पनि विगतमा सीमामा नयाँ बिष्पोटहरु थापेको थाई आरोपलाई भने अस्वीकार गरेका छन् ।
कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै शान्तिका लागि “अटुट प्रतिबद्धता“ व्यक्त गरेको छ ।













प्रतिक्रिया