गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते « Khabarhub

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना१ज ८३९१ नम्बरको विङ्गर गाडी त्रिनपा–४ को बगाहा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा घाइते हुनेमा त्रियुगा–२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रिपा–१२ का १७ वर्षीया प्रतीजा विक रहेका छन् । 

यसैगरी अन्य घाइतेमा सप्तरीको हनुमान नगरपालिका–२ का २७ विर्षीय उपेन्द्र साह, काठमाडौँ गोकर्णेश्वर–२ का ५४ वर्षीय शम्भुप्रसाद पोखरेल, ओखलढुङ्गा खिजीतेम्बा गाउँपालिका–२ का ४५ वर्षीय तीर्थराज घिमिरे, त्रिनपा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रिनपा–११ का ७४ वर्षीय पूर्णबहादुर राई र ६० वर्षीया रामकुमारी राई तथा चालक सप्तरीको हनुमान–२ का २७ वर्षीय उपेन्द्र साह रहेका छन् । 

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल