गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते « Khabarhub

गाईघाटबाट लहानतर्फ जाँदै गरेको गाडी दुर्घटना, १२ जना घाइते


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गाईघाट – त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । 

गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना१ज ८३९१ नम्बरको विङ्गर गाडी त्रिनपा–४ को बगाहा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा घाइते हुनेमा त्रियुगा–२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रिपा–१२ का १७ वर्षीया प्रतीजा विक रहेका छन् । 

यसैगरी अन्य घाइतेमा सप्तरीको हनुमान नगरपालिका–२ का २७ विर्षीय उपेन्द्र साह, काठमाडौँ गोकर्णेश्वर–२ का ५४ वर्षीय शम्भुप्रसाद पोखरेल, ओखलढुङ्गा खिजीतेम्बा गाउँपालिका–२ का ४५ वर्षीय तीर्थराज घिमिरे, त्रिनपा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रिनपा–११ का ७४ वर्षीय पूर्णबहादुर राई र ६० वर्षीया रामकुमारी राई तथा चालक सप्तरीको हनुमान–२ का २७ वर्षीय उपेन्द्र साह रहेका छन् । 

घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै