के खिचडी पकाउँदैछिन् सुमना ? « Khabarhub

के खिचडी पकाउँदैछिन् सुमना ?


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना बनाएका छन् । योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि उनीसँग जोडिने चर्चाहरू आएका थिए ।

तर, अहिले कुलमानको अभियानमा सुमना नजोडिने सङ्केत देखिएको छ । यसबारे प्रश्न गर्दा सुमनाले आफूले फरक ढङ्गले अगाडि बढ्ने योजना भएको बताउँछिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केही केन्द्रीय सदस्यका अनुसार सुमना लगायत राष्ट्रिय स्वतन्त्र पार्टीमा रहेका केही असन्तुष्ट पक्षहरूबीच विभिन्न विकल्पमा कुरा भइरहेको छ ।

रास्वपा केन्द्रीय सदस्य गणेश कार्की, रास्वपा छाडेकी नेतृ श्रेष्ठ, कलाकार निश्चल बस्नेत, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह लगायतका केही नेताहरु अहिले छलफलमा छन् । हुन त काठमाडौं नगरपालिकाका मेयर शाह र कुलमानले एउटै पार्टी निर्माण गरेर अगाडि जाने चर्चाहरु पनि आएका थिए ।

बालेनको सचिवालयका केही सदस्यहरु भने त्यसको च्याप्टर अहिले क्लोज भएइसकेको र उनी बालेन छुट्टै र कुलमान छुट्टै पार्टी निर्माण गर्ने योजनामा रहेको बताउँछन् । कुलमान र सुमनाका केही समर्थक भने नेतृत्वको विषयमा कुरा नमिल्दा सुमना र कुलमानको सम्बन्ध टुटेको दाबी गर्छन् ।

तर यता सुमना समर्थक नेताहरू भने सुमाना कुलमानभन्दा पनि बालेनसँग नजिक भएको टिप्पणी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेतासहित उनी बालेन्द्र जेनजीको ठूलो पङ्क्तिमा पार्टी स्थापना गर्ने योजनामा रहेको दाबी गर्छन् । सुमना बालेनसँग मिसिएलिन् ? बालेनको सचिवालयका केही नेताका अनुसार सुमाना र बालेन एउटै पार्टीमा रहन सक्ने अनुमान बताउँछन् । तर सुमना आफू फरक ढङ्गले अगाडि बढ् लागिरहेको स्पष्ट पार्छिन् ।

हुन त राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर बाहिरिँदा सुमनाले आफूले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेर बाहिरी रूपमा सहयोग गर्ने बताएकी थिइन् । सुमानाले अहिले पनि प्रधानमन्त्रीलाई बाहिरी रूपमा सहयोग गरेको उनका समर्थकहरूको दाबी छ ।

यसरी हेर्दा प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई सहयोग गरेको खण्डमा सुमना पनि उनीसँग मिसिने धेरै समर्थकहरूको दाबी छ । अब कसरी अगाडि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा सुमना भन्छिन्,”म आफ्नै ढङ्गले अगाडि बढ्ने सोचमा छु । मैले विभिन्न विषयमा अध्ययन र अनुसन्धान गरिरहेकी छु ।”

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : १८ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज