रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू) « Khabarhub

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादीलगायतका कम्युनिष्ट दलको एकतामा असन्तुष्ट एकीकृत समाजवादीका नेताहरू एमाले फर्किएका छन् ।

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्न सोमबार काठमाडौंमा आयोजित घर फर्क अभियान कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह कलम अध्यक्ष ओलीलाई बुझाएका थिए ।

कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता लगाएत एमालेमा फर्किएका थिए ।

एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन हुँदा झाँक्री लगायतका नेताहरूले एमाले छाडेका थिए । एमाले छाडेको चार वर्ष पछि अध्यक्ष ओलीले पुनः उनीहरूलाई एमालेमा स्वागत गरेका हुन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ४ : ३४ बजे

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर

बडादसैँ आजदेखि सुरु, घटस्थापना गरी जमरा राखिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६