एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ « Khabarhub

एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली फुटबल टोलीको बिदाइ


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशसँगको मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनोटमा सहभागी हुने नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरिएको छ । 

सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा आयोजित एक कार्यक्रममाबीच खेलकुद मन्त्री बब्लु गुप्ता र एन्फा पदाधिकारीहरूले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बिदाइ गरेका हुन् ।

बिदाइ कार्यक्रममा नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले एएफसी एसियन कप छनोटअघि बंगलादेशसँग हुने मैत्रीपूर्ण खेल खेलाडीको फिटनेसका लागि महत्त्वपूर्ण हुने बताए  । छोटो समयको बन्द प्रशिक्षण भए पनि दुवै खेलमा राम्रो नजिता आउने उनको विश्वास छ ।

त्यस्तै उनले ए डिभिजन लिगको माग गर्दै राष्ट्रिय खेलाडीहरू विरोधमा उत्रनुपर्ने अवस्था नेपाली फुटबलका लागि उचित नभएकाले सरोकारवाला सबैले यसमा ध्यान दिनुपर्ने धारणा राखे ।

नेपालले नोभेम्बर १३ मा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १८ मा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ३३ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल