त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर | Khabarhub Khabarhub

त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । 

अयोगले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, शिक्षा अधिकृत भिमबहादुर थापा, बरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा र एमआइयस अपरेटर हरिचन्द्र विष्टबिरुद्ध आरोपपत्र दायर गरेको हो । 

आर्थिक वर्ष २०७८-७९ मा नगरपालिकाको वडा नं। ५ स्थित खदाङदेखि ल्हाासम्मको मोटरबाटो स्तरोन्नति गर्ने क्रममा अनियमितता गरेको आरोपमा आरोपपत्र दायर गरिएको आयोगका आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेले बताए । 

उक्त आयोजनाको खरिद प्रक्रिया मूल्याङ्कनमा सङ्लग्न बोलपत्र मूल्याङ्कन समितिका सदस्य तथा आयोजनाका इन्जिनियर शिशिरकुमार गुरुङ,  दिव्यानिर्माण सेवा प्रालि दुनै डोल्पा र निर्माण कम्पनीका भीमराज न्यौपानेलाई समेत प्रतिवादी बनाइएको छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सबै आरोपितविरुद्ध जनही ५५ लाख ८९ हजार ६३ रुपैयाा छपैसा बिगो कायम गरिएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ४८ बजे

सातहजार रुपैयाँ घुस लिने दीपक पौडेल दोषी ठहर, एक महिना कैद सजाय

काठमाडौं- सात हजार रुपैयाँ घुस लिएको अभियोगमा दीपक पौडेल दोषी

ओली भन्छन्ः एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि