निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह « Khabarhub

निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दललाई पूर्वराष्ट्रपति यादवको आग्रह


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।  

सोमबार गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले अहिलेको अवस्थामा निर्वाचन मात्रै एक मात्र विकल्प भएकाले निर्वाचनको वातावरण बनाउन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका हुन् ।

उनले अहिलेको संविधानलाई बचाएर अघि बढ्न समेत प्रधानमन्त्रीलाई सुझाव दिएको जिकिर गरे । यादवले जेन-जी आन्दोलनमा क्रममा भएको घुसपैठका कारण ठूलो क्षति भएको भन्दै निष्पक्ष छानबिन गर्दै दोषीमाथि कारबाही हुनुपर्नै धारणा राखे ।

उनले दुई पटक संसद विघटन गर्ने एमालेसँग सत्ता साझेदारी गरेर कांग्रेसले गलत काम गरेको र त्यसका कारण संसदीय प्रणालीमाथि नै प्रहार भएको टिप्पणी गरे ।

अहिलेको अवस्थामा देश र जनताले कांग्रेसलाई नजिकबाट नियालिरहेको भन्दै यादवले केन्द्रीय समितिबाट निर्वाचनको पक्षमा निर्णय लिन सुझाव दिए ।

गणेशमान सिंहको १११ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा लोकतान्त्रिक आन्दोलनका योद्धा एवं वरिष्ठ पत्रकार विष्णु निस्ठुरीलाई जनआन्दोलन स्वर्ण पदकले सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ०५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल