आजका समाचार : १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी, मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त, प्रहरी महानिरीक्षकमा कार्की र थाइल्यान्ड-कम्बोडियाबीच शान्ति सम्झौता स्थगित | Khabarhub Khabarhub

आजका समाचार : १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी, मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त, प्रहरी महानिरीक्षकमा कार्की र थाइल्यान्ड-कम्बोडियाबीच शान्ति सम्झौता स्थगित


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

एमालेको घर फर्क राष्ट्रिय अभियान सुरु

नेकपा (एमाले)ले पार्टी छाडेर अन्य दलमा लागेका नेताहरूलाई पुनः पार्टीमा स्वागत गर्दै ‘घर फर्क अभियान’ सुरु गरेको छ ।

राष्ट्रिय सभा गृहमा सोमबार आयोजित विशेष समारोहकाबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीबाट फर्किएका नेतृ रामकुमारी झाँक्री र नेता किसान श्रेष्ठलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे । कार्यक्रममा एकीकृत समाजवादीमा लागेका नेताहरूले प्रतीकात्मक रूपमा सो पार्टीको चुनाव चिन्ह ‘कलम’ अध्यक्ष ओलीलाई बुझाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका केन्द्रीय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला तहका नेता तथा कार्यकर्ताहरू ठूलो संख्यामा एमालेमा फर्किएका छन् । कार्यक्रममा फर्किएका नेताहरूको नाम वाचन गरी सार्वजनिक गरिएको छ।

पार्टीका शीर्ष नेताहरूले यो अभियानलाई संगठनभित्र पुनः एकताको सुरुवातका रूपमा व्याख्या गरेका छन् । अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई उत्साहपूर्वक स्वागत गरेका छन् ।

माधव नेपालको हात छाडेर १५ सय ४५ दिनपछि एमालेमै रामकुमारी

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता कार्यकर्ता एमालेमा फर्किए (तस्बिरहरू)

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

पशुपति पुगेर प्रधानमन्त्रीले भनिन्- राजनीतिक भर्ती केन्द्र नबनाउनु

प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको कोष सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताइन् ।

उनले मुलुकको सांस्कृतिक ऐतिहासिक सम्पदा र संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिइन् । यस्तो संस्थामा पनि आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नु र राजनीतिको छायामा राख्न खोज्नु गलत भएको उनले बताइन् ।

कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ ।

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना 

पूर्वराष्ट्रपति यादवको प्रमुख आतिथ्यतामा गणेशमान सिंहको जन्मजयन्ती मनाइयो

मेलम्चीको अवरोध हटाउन कुलमानले गरे हेलम्बुका अध्यक्षसँग वार्ता

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त


मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।

अस्वस्थ भन्दै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेशसभाको ठूलो दलको हैसियतमा सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्री पदमा शपथ खुवाएकी हुन् ।

विश्वासको मत नपाउने भएपछि शनिबार मात्रै मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका थिए ।

प्रदेश प्रमुखले जारी गरेको नियुक्तिपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम तपाईँलाई मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु। मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकालको सफलताको कामना गर्दछु।’

राजनीतिक अस्थिरताको फाइदा लिन खोज्दै सीके राउत, भने- मौका यही हो, मधेश प्रदेशलाई स्वायत्त घोषणा गरौँ

संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ : मुख्यमन्त्री यादव

प्रदेश प्रमुख सुवेदीबाट मधेशका जनताप्रति धोका भयो : पूर्व मुख्यमन्त्री सोनल

मधेश मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा पनि फालियो

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

मधेशमा सात दलको आक्रोश : पुलिसलाई धक्का-मुक्का, कर्मचारीलाई कुटे, गमला फुटाए, राष्ट्रिय झण्डा पनि फ्याँके

सुत्केरी गराउन आएकी महिलाको मृत्युपछि भरतपुर अस्पतालमा तनाव

भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरूले नारावाजी गरेका छन्। चितवनको कालिका नगरपालिका–२ बस्ने ३० वर्षीया संगीता विकको शनिबार उपचारको क्रममा मृत्यु भएपछि परिवार र आफन्तले चिकित्सकको लापरबाही भन्दै अस्पतालमा नाराबाजी गरेका हुन् ।

गर्भवती संगीताको २० गते नै गर्भमा बच्चाको मृत्यु भएको भएपनि अस्पतालका चिकित्सकले समयमा नै बच्चा ननिकालिदिँदा आमाको मृत्यु भएको आफन्तहरूको आरोप छ ।

उनीहरूले संगीताको शव बुझ्न नमानेर मृत्युको कारण पत्ता लगाई चिकित्सकलाई कारबाही गर्न माग गरेका छन् । पीडित परिवारले हिजो प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापन पत्र समेत दिएका थिए ।

बानेश्वर वृत्तका प्रहरीको बर्दी खोल्न लगाएर हतियार लुटपाट : समातिए सिरहाका २२ वर्षीय सेख सिद्धिकी

नेपाल ट्रेड युनियन कांग्रेस नियमित महाधिवेशनको पक्षमा

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

भैरहवा विमानस्थल हुँदाहुँदै किन भारततिर मोडिन्छन् विमान ?

द्रुत डाँक सेवामार्फत प्रभावकारिता बढाउँदै हुलाक

घोराही–तुलसीपुर चारलेन : सर्वेको काम सकियो

चार कार्यालयबाट सुरु भयो लाइसेन्सको ट्रायल परीक्षा 

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

थाइल्यान्ड-कम्बोडियाबीचको शान्ति सम्झौता स्थगित

कम्बोडियासँगको सीमा नजिकै भएको विस्फोटमा दुई थाई सैनिक घाइते भए पछि थाइल्यान्डले सोमबार छिमेकी कम्बोडियासँगको सिमा विवाद अन्त्येको लागि गरिएको शान्ति सम्झौताको कार्यान्वयन स्थगित गर्ने घोषणा गरेको छ ।

दुई देश बिच सिमा विवादका कारण द्वन्द्वमा कम्तिमा ४३ जनाको मृत्यु भएको थियो भने दुवै पक्षका तीन लाख भन्दा बढी नागरिकहरू विस्थापित भएको जनाइएको छ । द्विपक्षीय द्वन्द्व र शत्रुता अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा गत जुलाईमा सीमा सम्झौता भएको थियो ।

थाई सेनाले विज्ञप्ति मार्फत सिसाकेट प्रान्तमा भएको विस्फोटमा एक सैनिकको खुट्टामा गम्भीर चोट लागेको लाग्नुका साथै एक जनाको छातीमा दुखाइ भएको बताएको छ ।

थाई सरकारका प्रवक्ता सिरिपोङ अङ्कासाकुल्कियातले बैङ्कले अक्टोबरमा क्वालालम्पुरमा कम्बोडियासँग भएको सम्झौता स्थिगित गर्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

नाइजेरियामा जिहादी गुटबीचको भीषण युद्ध, करिब २०० जनाको मृत्यु

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

जलवायु परिवर्तनले लाखौँ विस्थापित : संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी

चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, नौ बेपत्ता

अमेरिकी सरकारी सटडाउन अन्त्यतर्फ सिनेटको निर्णायक पहल

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु



























प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ५८ बजे

कुलमानसँग छुट्टिएका सुमना, बालेन र सुदन नयाँ दल दर्ता गर्दै

काठमाडौं– ऊर्जा मन्त्री कुलमान घिसिङसँग राष्ट्रिय स्वतन्त्र पार्टीकी पूर्व सांसद

मह आयात रोक्न माग गर्दै कृषि मन्त्रीसमक्ष ज्ञापनपत्र

काठमाडौं – नेपाली मह उत्पादनको मौसममा बहुराष्ट्रिय कम्पनीलाई मह आयात

हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

सुदूरपश्चिम – नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत

केपी ओली सडकमा आतंक सिर्जनाको तयारी गरिरहेका छन्: रिजाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादी (हाल नेपाली कम्युनिष्ट पार्टीमा समाहित) का

राणा शासनविरुद्ध गणेशमान सतिसालझै अभिनुभयोः पूर्वराष्ट्रपति यादव

काठमाडौं – पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसका संस्थापक नेता