‘जेन-जी’ आन्दोलन : गण्डकीमा पाँच अर्बको क्षति « Khabarhub

‘जेन-जी’ आन्दोलन : गण्डकीमा पाँच अर्बको क्षति


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशमा झण्डै रु पाँच अर्ब बराबरको भौतिक क्षति भएको छ । 

आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारी भवन र सवारीसाधन गरी करिब रु दुई अर्ब र निजी क्षेत्रतर्फ रु तीन अर्ब क्षति पुगेको जानकारी दिए।    

कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा गरी सात जिल्लाका १३८ वटा सरकारी कार्यालय र ६१ वटा निजी संरचनामा क्षति पुगेको उनले बताए ।

प्रदेशभित्र ३६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको, सात वटा तोडफोड गरिएको र तीनवटा हराएको जनाइएको छ । यसैगरी १६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी भएको र ३१ वटा तोडफोड भएको मुख्यमन्त्री पाण्डेले जानकारी दिए। 

आन्दोलनका क्रममा प्रदेशभित्र तीन जनाले ज्यान गुमाएका थिए भने सुरक्षाकर्मी र आन्दोलनरत पक्षतर्फ गरी ७० जनाभन्दा बढी घाइते भएका थिए । मुख्यमन्त्री पाण्डेले क्षति पुगेका संरचनाको तीन चरणमा पुनर्निर्माण गरिने बताए।

तत्काल मर्मतसम्भार गर्न सकिने संरचनाको काम पहिलो चरणमा भइरहेको उनको भनाइ थियो । दोस्रो चरणमा आंशिक क्षति पुगेका भौतिक संरचनाको प्रवलीकरण गरिने र पुनर्निर्माण गर्नुपर्ने संरचनाको काम तेस्रो चरणमा गरिने मुख्यमन्त्री पाण्डेले बताए।

‘क्षति पुगेका संरचनाको प्राविधिकहरुबाट मूल्यांकन र लागत योजनासमेत तयार गरिएको छ, कतिपय संरचनाको पुनर्निर्माणका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ’, उनले भने। 

मुख्यमन्त्री पाण्डेले एकैसाथ धेरै संरचनामा क्षति पुगेकाले पुनर्निर्माणका लागि स्रोत जुटाउन समस्या भइरहेको बताए। 

नगरी नहुने चालु कार्यक्रमबाहेकका खर्च कटौती गरी पुनर्निर्माणका लागि स्रोत जुटाउने नीतिगत निर्णय लिई कार्यान्वयनमा जान सबै मन्त्रालयलाई निर्देशन दिइएको उनको भनाइ थियो । दीर्घकालीन रुपमा गर्नुपर्ने पुनर्निर्माणका लागि प्रदेश सरकारले योजना बनाइरहेको उनले बताए। 
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ६ : ५७ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल