मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त « Khabarhub

मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।

भण्डारीले मधेश प्रदेश सरकारमा नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई बर्दिबासको पानस होटलबाटै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । त्यससँगै शपतथ कार्यक्रम पनि उक्त होटलमै राखिएको थियो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित सात दलले ७४ जना सांसद जुटाएर सरकारमा दाबी गर्न लागेका बेला रातारात सबैभन्दा ठूलो एमाले यादवलाई मुख्यमन्त्री बनाएपछि भण्डारी विवादमा परेकी थिइन् ।

भण्डारीको उक्त निर्णयका कारण मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयसहित मन्त्रालयहरूमा व्यापक तोडफोड भएको छ।

यादवलाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध कांग्रेससहितका सात दलले सर्वोच्च अदालतमा रिट हाल्दैछन् । भण्डारी आइतबार राति उपचार गराउने भन्दै काठमाडौं हिँडेकी थिइन् । तर उनले बाटैको होटलमा उक्त हर्कत गरेपछि संघीयताकै बदनाम गरेको भन्दै चर्को आलोचना भइरहँदा अन्तरिम सरकारले उनलाई नै बर्खास्त गरिदिएको हो ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ०३ बजे

राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले आगामी ९० दिनसम्म तीन लाख टनसम्म

झुर एनिमेसनलाई दर्शकले मन पराएपछि ‘नियु लाइ’ बन्यो सुपरहिट

बेइजिङ- कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक

अर्थमन्त्रीले भने, सीमाबाट घरायसी सामान ल्याएका जनतालाई दुःख नदिनू, तस्करप्रति निर्मम हुनू

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमावर्ती मधेशका सर्वसाधारणलाई घरायसी प्रयोजनका

प्रहरी संगठन वा प्रमुखसँग कुनै व्यक्तिगत विवाद छैन : खगेन्द्र सुनार

काठमाडौं– रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठन वा प्रहरी प्रमुखसँग