जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : ओली « Khabarhub

जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भयो : ओली


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताएका छन् । 

नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताए  । 

जेन-जी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उनको भनाइ छ । यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्किएको ओलीले बताए । 

यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताए।  हालै बनेको नेपाली कम्युनिस्ट पार्टी प्रति लक्षित गर्दै उनले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गरे । 

एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताए । नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पुरा गर्न उनीहरू घर फर्किएको ओलीले बताए । 

भदौ २३ र २४ को घटना सुनियोजित उपद्रो भएको उनको भनाइ छ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उनले प्रतिबद्धता जनाए । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उनले सरकारलाई चेतावनी दिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै