झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई | Khabarhub Khabarhub

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपीएफ फुटबल क्लबले नगद पाँच लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन् । उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन् । यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन् । उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरेका थिए ।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ५३ बजे

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा

अफगानिस्तानका पूर्वकप्तान नैब लुम्बिनीबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले अफगानिस्तानका