झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई « Khabarhub

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतिस्पर्धी विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि कब्जा गरेको हो ।

उपाधिसँगै पुलिस क्लबले नगद १० लाख १० हजार, मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजयी एपीएफ फुटबल क्लबले नगद पाँच लाख प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि पुलिस क्लबकी मीना देउवाले हात पारेकी छन् । उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै रु एक लाख ५० हजार प्राप्त गरिन् ।

प्लेयर अफ द म्याचको उपाधि पुलिस क्लबकी पूजा रानाले जितेकी छन् । यसैगरी, उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस क्लब), उत्कृष्ट डिफेन्डर मनमाया दमाई (एपिएफ क्लब), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपिएफ क्लब), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपिएफ क्लब), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस क्लब) र उदीयमान खेलाडी जेनिफर राना मगर (त्रिभुवन आर्मी क्लब) बनेकी छन् । उत्कृष्ट विजेताहरुले जनही रु २५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा, प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, अन्तर्राष्ट्रिय झापाली समाजकी उपाध्यक्ष सीता पाण्डेलगायतले वितरण गरेका थिए ।
 

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ५३ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल