सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो  « Khabarhub

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको ४०औँ वार्षिकोत्सव विशेष समारोहको आयोजना गरी मनाइएको छ ।

वार्षिकोत्सवका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित समारोहमा सार्कका महासचिव मोहम्मद गोलाम सरवारले शुभकामना व्यक्त गर्दै सार्कका विशिष्टीकृत निकाय र सार्कका क्षेत्रीय केन्द्रलगायत अन्तर सरकारी संयन्त्र बडापत्रका उद्देश्य साकार पार्ने उद्देश्यले आफ्नो कार्यदिशामा सक्रिय रुपमा लागिपरिरहेको उल्लेख गरे । यसका अतिरिक्त, सार्कका पर्यवेक्षक मुलुकहरु र विकास साझेदारसँगको सहकार्यले पनि निरन्तरता प्राप्त गर्दै आएको उनको भनाइ छ ।

‘सार्क मानवताको एक चौथाइ हिस्सा बोकेको दक्षिण एशियाली क्षेत्रबीच सहकार्यको भावनालाई प्रतिबिम्बित गर्दै एकता र उत्थानशीलताको प्रतीकका रुपमा उदाएको छ’, महासचिव सरवारले भने, ‘म विश्वस्त छु कि आगामी वर्षले हामीलाई हाम्रा साझा चुनौतीलाई सम्बोधन गर्दै प्रचुर सम्भावनाको सदुपयोग गर्ने उद्देश्यले आपसी सहकार्यका लागि थप अवसर प्रदान गर्नेछन् र एकीकृत र समृद्ध दक्षिण एसियाको हाम्रो सपना साकार पार्न सार्क हामी सबैको तर्फबाट काम गर्न अझ सशक्त हुनेछ ।’

दक्षिण एसियाका जनताको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अभिप्रेरित भई सार्कको तत्त्‍वावधानमा सञ्चालन गरिएका क्षेत्रीय सहयोग व्यापक र बृहत्तर रहेको उनको भनाइ छ । महासचिव सरवारले गरिबी निवारण, आर्थिक र व्यापारिक विकास, कृषि, शिक्षा, विज्ञान र प्रविधि, ऊर्जा, संस्कृति, क्षेत्रीय सम्पर्क, पूर्वाधार विकासजस्ता क्षेत्रमा प्रयास केन्द्रित रहेको उल्लेख गरे ।

उनले भने, ‘यसका अतिरिक्त, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, आतङ्कवाद र लागुपदार्थको तस्करी, सुरक्षा, युवा, महिला र बालबालिकाको सशक्तीकरणजस्ता आमचुनौतीका विषयलाई पनि हामीले सम्बोधन गरेका छौँ ।’

समारोहमा प्रमुख अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव रहेका थिए । त्यसैगरी, समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरू, नेपाल सरकारका उच्च अधिकारी, सार्कका अधिकारी, परराष्ट्रविद, सञ्चारकर्मीलगायत उपस्थित थिए ।

सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ तारिखमा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्र समावेश छन् । यस सङ्गठनको सचिवालय सन् १९८७ जनवरी १७ तारिखमा काठमाडौंमा स्थापना गरिएको हो ।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् ।

शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् ।

सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौंमा भएको थियो । त्यसयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ३५ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार