बागलुङमा धान उत्पादन बढ्यो « Khabarhub

बागलुङमा धान उत्पादन बढ्यो


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन् । अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ ।

अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको भन्दै यसपाली कम क्षति हुँदा उत्पादन केही परिणाममा बढेको शर्माले बताइन् । बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन ।

यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायत जातको धानखेती गर्दै आएको शर्माले बताइन । पछिल्लो समय हाइब्रिड जातका धानखेती गर्न थालेको उनको भनाइ छ ।

‘धानखेतीतर्फ किसानको चासो बढी छ, अघिल्लो वर्षको तुलनामा यसवर्ष झण्डै १०० मेट्रिकटन धान बढी उत्पादन भएको छ, गत वर्षको तुलनामा यसवर्ष वर्षा पनि समयमै भयो, जरा कुहिने रोगले पनि कम क्षति गर्दा उत्पादन बढेको हो,’ शर्माले भनिन्, ‘किसानले धान खेतीलाई प्राथमिकता दिएको पाइन्छ, खेती गरेको क्षेत्रफलका हिसाबले उत्पादकत्व ठिकै हो ।’

जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै स्थानमा सिँचाइको व्यवस्था छैन । यसवर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन नघटेको गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले बताए ।

जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले गतवर्ष १३ मुरी धान उत्पादन भएको खेतमा यसवर्ष १६ मुरी फलेको बताए । गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइमा गर्न नपाएको भन्दै यसवर्ष त्यस्तो समस्या नभएको सुनाए ।

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ । छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ । (रासस)

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ५८ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार