एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल « Khabarhub

एमालेलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता हो : पोखरेल


२४ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले) पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इञ्चार्ज आनन्द पोखरेलले एमालेलाई क्रान्तिकारी र एकताबद्ध पार्टी बनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।

पार्टीको ११ औँ महाधिवेशनको मुख्य कार्यभार यही भएको उनको धारणा छ । ‘अहिले हामी ११ औँ महाधिवेशन मार्फत नयाँ नेतृत्व निर्माणको चरणमा छौँ, वर्तमानको हाँकलाई सामना गर्न सक्ने नेतृत्व चयन गरी पार्टीलाई क्रान्तिकारी र एकताबद्ध बनाउन पहल गरौँ’, पोखरेलको आह्वान छ ।

एमालेको राजनीतिक कार्यदिशा– शान्तिपूर्ण, संवैधानिक प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गरी सरकार निर्माण गर्ने र समाजवादको आधार निर्माण गर्ने भएको स्पष्ट पार्दै उनले संसदीय निर्वाचन मार्फत जाने एमालेको कार्यदिशा भएको स्पष्ट पारेका छन्।

कम्युनिष्ट पार्टी खुला भएको बताउँदै खुला पार्टी निर्माण गर्दा कम्युनिष्ट पार्टीभित्र प्रवेश गर्ने सामन्तका अवशेष, दलाल पुँजीपति, बुर्जुवा वर्गले, उपभोक्तावादी शिक्षा प्रणालीबाट दीक्षित विद्यार्थी, युवा र व्यावसायिकता नाममा दलाल पुँजीपतिसँग मितेरी लगाउने पोखरेलको धारणा छ । उनीहरू बाहिरी रूपमा क्रान्तिकारी देखिए पनि पुरानो पुँजीपति वर्गका भूतपूर्व सदस्यहरू हुने उनले बताएका हुन् ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ९ : ०७ बजे

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र

देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका